काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ४ सय ६१ पुगेको जानकारी दिएको छ।
पिसिआरबाट १२ हजार ५ सय ७७ जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ४७ हजार ७ सय ९७ जनाको परीक्षण भएको हो।
योसँगै कोरोना भाइरसको कुल परीक्षण ६० हजार ३ सय ७४ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
यस्तै हाल देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।
आइसोलेसनमा भने कुल ९४ जना रहेको जसमा उपत्यकाभित्र ५ जना र उपत्यका बाहिर ८९ जना रहेको उनले जानकारी दिएका छन।
यस्तै रेडजोनमा देशभर ३ सय १५ जना रहेका छन जसमा गत चौबीस घन्टामा ३ जना रेड जोनमा परेका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया