असोज २०, २०८३ मंगलबार October 6, 2026

आज मात्र थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालगञ्जमा ९ र वीरगन्‍जमा १

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ । नेपालमा थप १० जनामा नोभेल कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गरेको प्रेस ब्रिफिङ‌का क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन ।

“वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,”उनले भने,“ आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।”

विरगञ्‍जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्‍जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्षसम्मका रहेका छन् ।

नेपालगन्‍जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने भएको छ ।

रौतहटका कोरोना संक्रमित निको भएर घर फर्किएका १९ वर्षका पुरुषमा पुन: लक्ष्ण देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर पीसीआर विधिबाट १३ हजार ४१४ वटा र आरडीटी विधिबाट ४९ हजार ६८८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा चार जना र उपत्यकका बाहिर ७३ रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन ।

आज क्‍वारेन्टाइनमा २१ हजार ९५१ जना जना रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयको कल सेन्टर ११३३ र ११५५ एक हजार ९१९ कल सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल
२०८३ असोज २०, मंगलबार
नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
२०८३ असोज २०, मंगलबार
जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौंमा
२०८३ असोज २०, मंगलबार
‘उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ’ : शिक्षामन्त्री
२०८३ असोज २०, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : जुम्लामा महिला–पुरुष खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २०, मंगलबार
दुर्गा प्रसाईलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२०८३ असोज २०, मंगलबार
प्रेस काउन्सिललाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक कानुन मन्त्रालयमा
२०८३ असोज २०, मंगलबार