कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा मंगलबार सार्वजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राना थारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारले राना थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि, खख्डेहरा पर्वको बिदा चैत १ गते कायम गरिएको थियो।तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा संशोधन गर्दै फागुन ३० गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो।

होरी पर्वको क्रममा मनाइने खख्डेहरा राना थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । दुई जिल्लामा बसोबास रहेको राना थारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन्। मङ्गलबार खख्डेहराको दिनबाट औपचारिक रूपमा होरी पर्व समापन हुनेछ। होरी पर्वको अवसरमा होरी नाच नाच्ने चलन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार