भाद्र २, २०८३ मंगलबार August 18, 2026

यी हुन् कम्प्युटरमा भिडियो इडिट गर्न निःशुल्क उपलब्ध पाँच सफ्टवेयर

यी पाँच वटा सफ्टवेयरबाट कुनै पनि पैसा नतिरि भिडियो सम्पादन (इडिट) गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्जाल तथा नयाँ प्रविधिको प्रयोग तिब्र रुपमा भईरहेको छ ।

युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक लगायत आदि सामाजिक सञ्जालमा भिडियोहरु देखिरहनु भएको छ होला । भिडियो हेर्ने मात्र नभएर तपाईले युट्युब च्यानल खोलि भिडियो राखरे पैसा कमाउन पनि सक्नु हुन्छ ।

फेसबुकमा पनि भिडियो राखेर पैसा कमाउन सकिन्छ तर त्यो सुविधा नेपालमा अझै उपलब्ध छैन् । तपाई पनि भिडियो बनाउने सोचमा हुनु हुन्छ ।

तर  निःशुल्क प्रयोग गर्न सकिने सफ्टवेयर नभएर आफ्नो सोचलाई पुरा गर्न सक्नु भएको छैन । यी पाँच वटा सफ्टवेयरबाट कुनै पनि पैसा नतिरि भिडियो सम्पादन (इडिट) गर्न सकिन्छ ।

ओपन सट

यो ओपन सोर्स सफ्टवेयर हो । यो सफ्टवेयर लिनक्स, म्याक तथा विन्डोज अपरेटिङ सिस्टममा उपलब्ध रहेको छ ।

ओपन सटमा थ्रिडि एनिमेसन, इफेक्ट, अडियो इडिट, टेक्स्ट इडिट, भिडियोको कुनै पनि पार्ट काट्न, ब्याकग्राउण्ड परिवर्तन गर्न सकिन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

विन्डोज मुभी मेकर

यसबाट भिडियो, फोटो जोड्न , फोटोको बिचमा एनिमेसन लगाउन, म्युजिक लगाउन, भ्वाइस रेकर्ड गर्न, इनिमेसन गर्न सकिन्छ । यो एकदमै सजिलो रहेको छ ।

पहिलो पटक भिडियो इडिट गर्दै हुनुहुन्छ भने यो राम्रो छ । यो सफ्टवेयर विन्डोजमा मात्र प्रयोग गर्न सकिन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नहोस ।

हिटफिल्म इक्सप्रेस

यो सफ्वेयर विन्डोज र म्याकमा मात्र प्रयोग गर्न सकिन्छ । सुरुमा यसलाई प्रयोग गर्दा जटिल भएपनि यो एकदमै राम्रो निःशुल्क भिडियो इडिटिङ टुल हो । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

आई मुभि

आई मुभि एप्पलका कम्प्युटरमा मात्र प्रयोग गर्न सकिन्छ । यो एकदमै सजिलो छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

सटकट

सटकट सफ्टवेयरमा अडियो इडिट गर्न, कि फ्रेम प्रयोग गर्न, इफेक्ट प्रयोग गर्न र यसमा जुनसुकै प्रकारको भिडियो इडिट गर्न सक्नु हुन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

यदी तपाई किनेर सफ्टवेयर प्रयोग गर्न सक्नु हुदैन भने यी सफ्टवेयर निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ, जुन किनेर पाइने सफ्टवेयरमा सुविधा हुन्छन । ती सुविधा यी निःशुल्क सफ्टवेयरमा पनि रहेका छन् । आइसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार