मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो

२०७६ असोज १ देखि बिदा स्वीकृत नगराइ अस्पतालमा अनुपस्थित हुने ५ नर्सलाई वीर अस्पतालमा नो इन्ट्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः वीर अस्पतालले ५ जना नर्सलाई सेवाबाट हटाएको छ। लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै २०७६ असोज १ देखि बिदा स्वीकृत नगराइ अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशिला ढकाल, २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाइएको जनाएको छ।

उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया