असार २५, २०८२ बुधबार July 9, 2025

मदिरा सेवनले कोरोनासँग लड्ने क्षमतामा कमी आउँछ : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मदिरा सेवनले रोगसँग लड्ने क्षमतामा कमी आउनुका साथै कोरोना भाइरस संक्रमणको थप जोखिम बढ्ने जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले मदिराको अत्याधिक सेवनले दिमागमा नकारात्मक कुराहरु आउनुका साथै अन्य रोगबाट पनि प्रभावित हुन सकिने भन्दै सचेत गराएका हुन्।
यसअघि सामाजिक सञ्जालहरुमा कोरोना भाइरस संक्रमण निको हुने भन्दै धेरै मानिसहरुले मदिरा सेवन गरेको र यसको अत्याधिक सेवनले मृत्यु भएको खबरहरु आएका थिए।

यस्तै मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ५ सय ८२ पुगेको जानकारी दिएको छ।
पिसिआरबाट १३ हजार ८ सय ५० जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको हो।
यस्तै हाल देशभर आइसोलेसनमा कुल १ सय २० जना रहेको जसमा उपत्यकाभित्र २ जना र उपत्यका बाहिर ११८ जना रहेको उनले जानकारी दिए।
डा।देवकोटाका अनुसार क्वारेन्टाइनमा भने २१ हजार ९९ जना रहेका छन्। यस्तै देशभर ३३० जना रेड जोनमा परेका छन्, जसमध्य गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार