मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डा. सुरेन्द्र शेरचन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचनले शपथ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त भएका छन्। डा. शेरचनले सोमबार पद तथ गोपनियताको शपथ खाएका छन्।

डा. शेरचनलाई प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ तथा श्रम रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको उपस्थितिमा शपथ खुवाएका हुन्।

प्रतिष्ठानका यसअघिका रेक्टर डा. सतिस कुमार देवले राजीनामा दिएपछि पद रिक्त थियो। रिक्त पदमा सोमबार डा. शेरचनलाई नियुक्त गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया