मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चिकित्सकलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेकोप्रति चिकित्सक संघको आपत्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल चिकित्सक संघले निजामती कर्मचारी र भरतपुर अस्पतालले ऐन विपरित चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै यी दुई अस्पतालले पदपूर्तिका लागि गरेको विज्ञापन स्वास्थ्य सेवा ऐन २०३५ र कार्यविधि २०५५ विपरित भएको भन्दै आपत्ति जनाएको हो ।

निजामती कर्मचारी अस्पतालले पदपूर्तिका लागि गत फागुन ३० गते प्रकाशित गरेको विज्ञापनमा एमडी एमएस र एमडीएस पास भइसकेका चिकित्सकलाई मेडिकल अफिसरका रुपमा आठौं तहमा भर्ना गर्न खोजिएको र सो प्रक्रिया ऐन विपरित भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, चैत २ गते भरतपुर अस्पतालले पदपूर्तिका लागि आठौँ तहको मेडिकल अधिकृत मासिक ज्यालादारीमा माग गर्दै विज्ञापन निकाल्नु पनि ऐत विपरित भएको भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

विशेषज्ञ चिकित्सकको सुरुको नियुक्त नवौँ तहबाट हुने स्वास्थ्य सेवा ऐनमा उल्लेख छ । ऐन विपरित निकालिएको यस्तो विज्ञापनले चिकित्सकीय पेशालाई हतोत्साहित गरेको संघको ठहर छ ।

संघले जारी गरेको विज्ञप्तिको पूर्णपाठः

FB_IMG_16793792357721679380150.jpg

 

 

FB_IMG_16793792289981679380150.jpg

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया