मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

तिलोत्तमा गोल्डकप : पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ३१ औँ मिनेटमा मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो हापको अन्तिम समयमा अर्को गोल थपिएपछि मनाङका खेलाडी उत्साहित भएका थिए । दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरेका थिए ।

नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडी जुमानु राई, भोला सिलवालसहितका प्रभावशाली खेलाडी भए पनि नेपाल पुलिस क्लबका लागि मङ्गलवारको खेल प्रभावकारी देखिएन । खेलको दोस्रो हापमा पुलिस क्लबका तर्फबाट १ गोल भएपनि जितका लागि त्यो पर्याप्त भएन । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरेका थिए ।

बुधबार सेमिफाइनल खेल सुदूरपश्चिम र थ्री स्टार क्लबबिच हुनेछ । रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भएको गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार