मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

कराँते महासङ्घको महाधिवेशन चितवनमा शुरु हुँदै

महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू चितवन आउने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल कराँते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन मटिहानीस्थित कभर्ड हलमा शनिबार हुने भएको हो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ ।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो । त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् ।

कराँते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरू (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) कराँतेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।

कराँतेको नयाँ विधानअनुसार महाधिवेशनले २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सात जना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ ।

विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार