मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

गणेशमान सिंह रोड रेसको उपाधि सेनाका मुकेशले जिते

मुकेश र राजपुराले जिते गणेशमान सिंह १० के उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा पुरुष तर्फ मुकेशले उक्त दुरी  ३१ मिनेट २१दशमलब ७६ सेकेन्डमा दौड पूरा गरेर उपाधी जितेका हुन। त्यसैगरी अघिल्ला तीन संस्करणका विजेता एपिएफका गोपीचन्द्र पार्की दोस्रो भए । गोपीले ३१ मिनेट ३८दशमलब ६८ सेकेन्डमा दौड पूरा गरेका थिए।गत महिना भएको एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता दीपक अधिकारी तेस्रो भए । दीपकले ३१ मिनेट ४७दशमलब ४२ सेकेन्डमा दौड पूरा गरेका थिए।

महिला तर्फ राष्ट्रिय कीर्तिमानसहित राजपुरा पछाईले उपाधि जितेकी हुन्।उनले ३६ मिनेट ४३दशमलब२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन । यसअघि उनले ३७ मिनेट १०दशमलब५ सेकेन्डको कीर्तिमान राखेकी थिइन। त्यति बेला उनले सन्तोष श्रेष्ठको ३७ मिनेट ५३दशमलब५४ सेकेन्डको कीर्तिमान तोडेकी हुन। पुलिसकै राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । रामामायो ३७ मिनेट ५४दशमलब१५ सेकेन्ड र पुष्पाले ३८ मिनेट २६दशमलब०३ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।आर्मीकी पूर्णलक्ष्मी न्यौपाने ३९ मिनेट २दशमलब३५ सेकेन्ड चौथो र एपिएफकी विन्द्रा धन्के श्रेष्ठ ३९ मिनेट २५दशमलब६ सेकेन्डमा पुरा गरेर  पाँचौं भइन्।

दौड काठमाडौको दरबारमार्गबाट सुरु भई सहरका विभिन्न भाग हुँदै पुनः दरबारमार्ग पुगेर  सम्पन्न भएको थियो।आर्मीका सन्जय श्रेष्ठ ३२ मिनेट १०दशमलब०२ सेकेन्ड चौथो र केन्यका सिमोन किपागट टु ३२ मिनेट ३३दशमलब९९ सेकेन्ड पाँचौं भएको थिए।

गणेशमान सिंह फान्डेसन अन्तर्गतको गणेशमान सिंह खेलकुद समितिले आयोजना गरेको रोड रेसका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोेले३० र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गरे । चौथोे हुनेले १० र पाँचौं हुने खेलाडीेले५ हजार रुपैयाँ पाए । राष्ट्रिय कीर्तिमान बनाएकी राजपुराले थप १० हजार रुपैयाँ प्राप्त गरेकी थिइन्। रेसमा झण्डै ४ सय खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार