मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरि कुल ३८ खेलाडीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

७२ होलको चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरि कुल ३८ खेलाडीको सहभागिता रहनेछ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको फाइनल चरणमा स्थान बनाउनेछन्।

पाँच लाख ४५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख रुपियाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) लेजनाएको छ ।

चारदिने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई कठिन बनाइएको छ।  एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पछिल्लो प्रतियोगिता प्रो र एमेच्योर गल्फरहरूले गरेको स्कोर बाट सन्तुष्ट रहेको भन्दै यो प्रतियोगिता पनि स्तरीय हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार