मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ताप्लेजुङमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमश: पुरुष डबल्स सिनियर ‘ए’ ४५ हजार र ३० हजार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको खुला ब्याडमिन्टन प्रतियोगितामा खेलाडीलाई चार समूहमा वर्गीकरण गरी सहभागी गराइएको छ । आयोजकका अनुसार पुरुष डबल्स सिनियर ‘ए’, पुरुष डबल्स सिनियर ‘बी’, कर्मचारी र भेट्रान्स (४५ वर्षमाथि) समूह रहेका छन् ।

पुरुष डबल्स सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमश: ७ र २४ टोली, कर्मचारीतर्फ १६ टोली र भेट्रान्सतर्फ ६ टोली (जोडी) ले सहभागिता जनाएका मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमश: पुरुष डबल्स सिनियर ‘ए’ ४५ हजार र ३० हजार, ‘बी’ तर्फ ३५ हजार र २५ हजार, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ पाउनेछन् ।

उक्त नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रसमेत पाउने आयोजक मिक्वाखोला गाउँपालिकाले जनाएको छ । यता प्रतियोगिताको उद्घाटन भने कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रदेश सांसद हाङ्गामले जिल्लाको खेलकुद विकासमा प्रतियोगिताले टेवा पुग्ने विश्वास लिनुभयो । ब्याडमिन्टन विधाको खेलले मानिसको स्वास्थ्यलाई तन्दुरुस्त राख्नमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उद्घाटनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामालगायतको सहभागिता रहेको थियो । प्रतियोगिता बिहीबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार