असार २३, २०८२ सोमबार July 7, 2025

सरकारी विद्यालय सुधार्ने प्राचार्य सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामुदायिक विद्यालयमा रहेर पु¥याएको योगदानको कदर गर्दै राजधानीको तिलिङगीटार माध्यमिक विद्यालयका प्राचार्य सरोज कुमार पाण्डेलाई सम्मान गरिएको छ ।

प्रजातपति प्रसाई (पी.पी)प्रतिष्ठानले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पाण्डेलाई प्रदेश नं ३ बाट प्रजातपति प्रसाई (पी.पी)उत्कृष्ट क्षेत्रिय शिक्षक पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा गुल्मीकी थपमाया पुनलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सामाुदायिक विद्यालयहरुले यस्तै राम्रो काम गर्दै गए मुलुकको सरकारी विद्यालयको अवस्था दयनीय नहुने उल्लेख गर्नुभयो ।

उहाले सबै विद्यालयले पुरस्कृत शिक्षक र विद्यालयलाई हेरेर अघि बढ््न समेत आग्रह गर्नुभयो । कार्यक्रममा पुरस्कृत प्राचार्य पाण्डेले आफुले सँधै विद्यालय र विद्यार्थीलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

राजधानीको धापास हाईटमा रहेको सो विद्यालयमा पढ््नका लागि विद्यार्थीको भीड लाग्ने गरेको छ । सरकारी विद्यालय भएपनि प्राइभेटको भन्दा राम्रो र गुणस्तरीय पढाई हुने भएपनि हुने खानेका छोराछोरी समेत सो विद्यालयमा पढ््न जाने गरेका छन् ।

विद्यालयमा यो अवस्था ल्याउनका लागि प्राचार्य पाण्डेको योगदान रहेको भन्दै उहालाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार