वैशाख २०, २०८१ बिहिबार May 2, 2024

लुम्बिनीमा पीस ओपन हाफ म्यारथन प्रतियोगिता हुने

एमाले अध्यक्ष ओलीले उदघाटन गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुनेभएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ ।

सो कार्यक्रमको उदघाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्याराथनको दूरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले २० चैतसम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ ।

म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागी खेलाडिलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताउनुभयो । म्याराथानतर्फ प्रथम हुने पुरुषले एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैंठौ हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौं हुनेलाई पाँच हजार, नवौं र दशौं हुनेलाई पाँच–पाँच हजार दिने उहाँले बताउनुभयो ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौं हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई पाँच–पाँच हजार दिने आयोजकको भनाइ छ । प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ । २०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दैआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै
२०८१ वैशाख २०, बिहिबार
युक्रेनद्वारा एआई-जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक
२०८१ वैशाख २०, बिहिबार
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
२०८१ वैशाख २०, बिहिबार
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
२०८१ वैशाख २०, बिहिबार
रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
२०८१ वैशाख २०, बिहिबार
समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १९, बुधबार
श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल
२०८१ वैशाख १९, बुधबार