वैशाख २५, २०८१ मंगलबार May 7, 2024

तिन दिने निःशुल्क आँखा शिविरमा ६ सय भन्दा बढिले सेवा लिए

मोतियाबिन्दु गरेका आँखाका विरामिहरुलाई चश्मा पनि वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिमाली जिल्ला मुगुमा निशुल्क आँखा शिविर सञ्चालनमा ६ सय भन्दा बढि बिरामिहरुले सेवा लिएका छन् । बुधबारबाट सुरु भएको तीन दिने  निशुल्क आँखा चेकजाँच तथा मोतिया बिन्दुमा ६ सय ४७ जनाले आँखा चेक जाँच सेवा लिएका हुन् ।

तिन दिन सम्म सञ्चालन भएको शिविरमा ६५ जनाको मोतिबिन्दु अप्रेशन सहित सम्पन्न गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबंम प्राविधिक सहयोग , नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग , आई केयर फाउण्डेशनको बिशेष सहयोग साथै नेपाल नेत्र ज्योति संघ,जिल्ला आँखा उपचार केन्द्र,मुगुको स्थानीय आयोजनामा यहि चैत १५ गते बाट सञ्चालन भएको निशुल्क आँखा शिविर १७ गते सम्म सञ्चालन भएको थियो ।

तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकहरुले सेवा प्राप्त गरेको  बताए । शिविरमा जुम्लाका आँखाका विरामिहरुको पनि चेकजाँच गरिएको छ ।

मोतियाबिन्दु गरेका आँखाका विरामिहरुलाई चश्मा पनि वितरण गरिएको छ ।

छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र  मुगुमा आइन् ।

रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रिया पछि उनी खुसी भएकी छन् । आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । खड्क सुनार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया