काठमाण्डौंः बर्दिबास ३ मा करिब तीन करोड लगानीमा ॐ समाज डेन्टल अस्पताल स्थापना गरिएकाे छ । दन्त विशेषज्ञसहित १० जना डाक्टरले नियमित सेवा दिने लक्ष्य अस्पतालले राखेको छ ।
संस्थापक डेन्टल सर्जन डा. सुवास घिमिरेले अत्याधुनिक उपकरण ओपीजी एक्स-रे, प्याथोलोजी, दाँत बनाउने शाखा लगायतका सुविधासहित अस्पतालले सेवा विस्तार गरेको बताउनुभयो । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले अस्पतालले स्थानीयको स्वास्थ्य हितमा रहने गरी सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।
अस्पतालले गरिब, असहायहरूको उपचारमा योगदान पुग्ने उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया