असोज २०, २०८३ मंगलबार October 6, 2026

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा भएको परीक्षण अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८ वर्ष (दुईजना) का पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

अहिलेसम्म २७ जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमण पुष्टि भएका सातैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय परिषददद्धारा सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
२०८३ असोज २०, मंगलबार
डिजेलमा कर छुट दिन अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल
२०८३ असोज २०, मंगलबार
नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
२०८३ असोज २०, मंगलबार
जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौंमा
२०८३ असोज २०, मंगलबार
‘उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ’ : शिक्षामन्त्री
२०८३ असोज २०, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : जुम्लामा महिला–पुरुष खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २०, मंगलबार