मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

स्पेनिस ला लिगा : बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

रियलले भालाडोलिडलाई ६–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः करिम बेन्जेमाले ह्याट्रिक पूरा गरेको खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई ६–० गोलले हरायो । एकपक्षीय खेलमा रियललाई जिताउन बेन्जेमाले ह्याट्रिकसँगै रोड्रिगो, मार्को असेन्सियो र लुकास भाजक्वेजले एक एक गोल गर्नुभयो ।

रोड्रिगोले  २२औँ मिनेटमा खाता खोल्नुभएको थियो । त्यसपछि बेन्जेमाले २९औँ, ३२औँ र ३६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । असेन्सियोले ७३औँ र इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

blog

जितसँगै दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अङ्क छ । पराजित रियल भालाडोलिड २८ अङ्कसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ७१ अङ्क छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५४ अङ्क छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई १–० गोलले हरायो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार