मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोनाका लक्षण देखिए परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह

लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

रुघा, खोकी र ज्वरो जस्ता लक्षण कोरोना सङ्क्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ । ‘‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहान नबनाउस् ।’’ मन्त्रालयले भनेको छ ।

पछिल्लो सयम कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । २४ घण्टामा ११ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको छ । सोही समयमा १६ जना सङ्क्रमणमुक्त भएका छन् भने २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया