मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पाले पाए

दोस्रो भएका खेलाडीले ३१ हजार र तेस्रो भएका खेलाडीले २१ हजार नगद प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः झापाको बिर्तामोडमा आज सम्पन्न सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् ।

म्याराथनमा नेपाल आर्मीका श्रेष्ठ निर्धारित दूरी १ घण्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बने भने सशस्त्र प्रहरी बल (एपिएफ) नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनेकी हुन् । उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घण्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान र आर्मीका मोहनदेव जोशीले १ घण्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्ट निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

दोस्रो भएका खेलाडीले ३१ हजार र तेस्रो भएका खेलाडीले २१ हजार नगद प्राप्त गरेको प्रतियोगिताका संयोजक भेषराज भण्डारीले जानकारी दिए ।

पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ, पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ हुनुभयो भने महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै शकुन्तला विक दशौँ भए ।

चौथोदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरूप नगद पाँच हजार र प्रमाणपत्र पाए । प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकको सहभागिता थियो ।

सोही अवसरमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कुँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको आयोजक सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए। सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार