मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देशभर १७ सय ६८ जनाको परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टी

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३२२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १७ सय ६८ जनाको परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३२२ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया