असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे घोलु–२ नामक भैसीको मुल्य १६ करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला ।

एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे ।

घोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने ​​बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे ।

घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन ।

आजतकका अनुसार त्यसैले त घोलुका  परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार