मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

तराईका केही स्थानका पशुमा ‘लम्की स्किन’ रोगको प्रकोप

सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र मोरङका सुन्दरहरैचा, ग्रामथान लगायतका ठाउँमा छालामा हुने गिर्खे रोग देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वी तराईका केही जिल्लाहरूमा चौपायामा  लम्पी स्किन रोग अर्थात् छालामा हुने गिर्खे रोग देखिएको छ । उक्त रोग दुई वर्ष अघि पनि देखिएको थियो । 

सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र मोरङका सुन्दरहरैचा, ग्रामथान लगायतका ठाउँमा उक्त रोग देखिएको छ र पशु चौपायामा उक्त रोग देखिएपछि किसान मर्कामा परेका छन । लम्पी स्किन रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने एक रोग हो । 

प्रकोप नियन्त्रणका लागि चौपायामा खोप लगाउनुपर्ने भएपनि नेपालमा खोप उपलब्ध नभएकाले लगाउन सकिएको छैन् । 

लम्पी स्किन रोग देखिएका चौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका भागमा गिर्खा देखिने, गिर्खा घाउ बन्ने र फुटेर पानी बग्ने लक्षण देखिन्छन ।  त्यस्तै, एक सय पाँच डिग्रीसम्म ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिएका छन् ।

यो रोग लागेपछि दूध दिने चौपायाको दूध उत्पादनमा व्यापक ह्रास आउने गर्छ  । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया