काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नियुक्त भएका छन् । क्यानले उनलाई एक वर्षका लागि नियुक्त गरेको हो ।
यसअघि सिंहले गत महिना नेपालमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली टिमको मेडिकल विभाग समालेका थिए ।
उनी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजमा पनि नेपाली टिमको मेडिकल विभागमा थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया