मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतवार तीन खेल हुँदैछन्। आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ।

सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ। एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन्। दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया