मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिग : संकटालाई २-१ ले पराजित गर्दै मछिन्द्र बिजयी

मछिन्द्रलाई जिताउन विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले क्लबलाई २–१ ले पराजित  गर्दै  दोस्रो  जित निकालेको छ । मच्छिन्द्रले दशरथ रङ्गशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गरेको  हो । 

मच्छिन्द्रको  क्लबको लागी प्रशिक्षक किशोर केसीले  न्युक्त भएका थिए । मछिन्द्रलाई जिताउन विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे । संकटाका लागि भने मनिष डाँगीले गोल गरेका थिए ।खेलको १९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । 

तर त्यसको २ मिनेट नबित्दै मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई  एक गोल दिलाएका थिए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिँदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुनः अग्रता लियो । यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अंकाका साथ आठौं स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया