मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

एकैदिन थपिए १२४ कोरोना संक्रमित, २९ जना संक्रमणमुक्त

नेपालमा सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

दुई हजार ५६६वटा नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।

आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १० जना आइसीयु र चारजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया