मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुने मकवानपुरका खेलाडी बन्दप्रशिक्षणमा

प्रदेशस्तरीय प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने मकवानपुर जिल्लाका खेलाडीको बन्दप्रशिक्षण सुरु भएको छ । पहिलो पटक बन्दप्रशिक्षणमा ६९ जना खेलाडी सहभागी रहेका छन् । सोमबारदेखि सुरु भएको बन्द प्रशिक्षण आगामी शुक्रबारसम्म चल्नेछ ।

जिल्लाका पालिकाहरुको सहयोगमा मकवानपुर जिल्ला खेलकुद विकास समितिले पहिलो पटक बन्द प्रशिक्षणको व्यवस्था मिलाएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताए । बन्दप्रशिक्षणका क्रममा खेलाडीहरुले हेटौंडा–४ स्थित हुप्रचौरमा प्रशिक्षण गर्नेछन् । बिहान र बेलुका २र२ घण्टा प्रशिक्षण हुनेछ । बन्दप्रशिक्षणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष खड्गीले जानकारी दिए ।

मंगलबार बिहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सम्बोधन गर्दै पालिका र जिल्लाको नाम राख्ने गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन आग्रह गरे । जिल्ला समन्वय समितिले पालिकाका प्रमुखहरुसँगको बैठकमा खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरेको र पालिकाहरु पनि खेललाई प्राथमिकतामा राख्न तयार रहेको उहाँले बताए ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वप्रमुख एवम् राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार विभागका प्रमुख खुशराज दाहालले मकवानपुर जिल्लाले राष्ट्रपति रनिङ सिल्डको प्रदेशस्तरीय प्रतियोगितामा ५ वटा स्वर्ण पदक जितेको रेकर्ड तोड्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार