मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मेसीलाई भित्र्याउन बार्सिलोनाको प्रयास जारी, लापोर्टा र जोर्गे मेसीबीच वार्ता

बार्सिलोनाको निरन्तर प्रयासपछि मेसीको नाउ क्याम्प फिर्ताको सम्भावना पनि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लियोनल मेसी नाउ क्याम्पमा फिर्ता गराउन बार्सिलोना निरन्तर प्रयार गरिरहेको छ। बार्सिलोनाको निरन्तर प्रयासपछि मेसीको नाउ क्याम्प फिर्ताको सम्भावना पनि बढ्दै गएको छ।

यहीबीचमा मेसीका बाबु जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष लापोर्टाबीच भेटवार्ता समेत भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका ३५ वर्षीय स्टार खेलाडी मेसीले सम्झौता नवीकरण नगर्ने बताइसकेका छन्।

जारी सिजनको अन्त्यमा पीएसजीसँगको मेस्सीको सम्झौता सकिँदैछ। त्यसपछिको मेसीको भविष्य कहाँ हुने भन्न अहिलेसम्म अन्योल छ। मेसीका बाबु जोर्गे मेसी, एजेन्ट जर्जले गत महिनामात्रै बार्सिलोना अध्यक्ष लापोर्टासँग भेट गरेको विषय अन्तर्राष्ट्रिय मिडियाहरूले भर्खरै सार्वजनिक गरेका छन्। बार्सिलोनाले सार्वजनिक रूपमा मेस्सीलाई नाउ क्याम्पमा फिर्ता ल्याउने इच्छा स्वीकार गरेको छ। बार्सिलोनका उपाध्यक्ष राफेल युस्टेले भनेका छन्, ‘क्लब उनलाई फर्काउन उत्सुक छ।’

लापोर्टासँग जोर्गेको भेटले आगोमा थप ईन्धन थपेको छ, तर द मिररका अनुसार उनीहरूको छलफल ट्रान्सफर वार्तामा केन्द्रीत भएको थिए। द मिररले दाबी गरेको छ, ‘लापोर्टासँग जोर्गेको भेट मेसीलाई युरोपेली फुटबलबाट टाढा भएपछि सम्मान गर्न क्याम्प नोउमा खेलाइने विशेष खेलको बारेमा थियो।’

यद्यपि, मेस्सीको नाउ क्याम्पले फिर्ती सम्भावना भने कायम रहेको बारे मिररले समेत स्वीकार गरेको छ। तर, बार्सिलोनाको निरन्तर आर्थिक कठिनाइहरू सम्झौता गर्नका लागि बाधा हुन सक्ने बताइएको छ।

मेस्सीले यो सिजन पीएसजीका लागि ३४ गोल गरेका छन्। जसमध्ये २५ लिग वान खेलमा र ७ च्याम्पियन्स लिग खेलमा गोल भएका छन्। बार्सिलोनामा आफ्नो समयमा मेसीले ६७२ गोल गरे र आफूलाई एक महान खेलाडीको रूपमा स्थापित गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया