मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

प्रथम लुम्बिनी लनटेनिसको उपाधि श्रेष्ठलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न मेन्स सिङ्गल फाइनल प्रतियोगितामा श्रेष्ठले अनिल सेञ्चुरीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

यसैगरी मेन्स डबल्सतर्फ गोपाल ज्ञवाली र अनिल सेञ्चुरीको जोडीले जित हात पारेको छ । फाइनल खेलमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै ज्ञवाली र सेञ्चुरीको जोडी विजेता बनेको हो ।

चैत २८ देखि सञ्चालन भएको प्रतियोगिता दुई विधामा दुई दर्जन खेलाडीले भाग लिएका थिए । समाजसेवी मृगेन्द्र शेरचनले पुरस्कार वितरण गर्दै खेलबाट खेलाडीमा अनुशासन विकाससँगै एकता ल्याउने बताए । सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौँ, पोखरापछि बुटवलमा लनटेनिस खेलको विकास भएको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया