कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शम्भुनाथ मन्दिरमा मेला सुरु

धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा एक महिने मेला शुक्रबारबाट सुरु भएको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु भएको हो ।

प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा त्यहाँ मेला आयोजना हुँदैआएको छ । शम्भुनाथ नगरपालिकाले आयोजना गरिएको एक समारोहबीच नगरका कार्यवाहक प्रमुख अनिताकुमारी चौधरीले मेलाको उदघाटन गर्नुभयो ।

धार्मिक पर्यटककलाई आकर्षित गर्नेगरी भौतिक संरचना निर्माणका लागि डीपीआरको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । डीपीआरअनुसार अगामी आर्थिक वर्षदेखि निर्माण कार्य प्रारम्भ हुनेछ ।

नयाँ वर्षको पहिलो दिन १ गतेबाट नै नगरपालिकाले ठेक्का दिई मेला आयोजना गर्दैआएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दक्षिणतिर अवस्थित मन्दिरमा मेला भर्न लाखौँ दर्शनार्थीको भिड लाग्नेगरेको छ ।

मेला हेर्न नेपालका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा र भारतको बिहार राज्यको सुपोल जिल्लाबाट भक्तजन आउनेगर्छन् । मन्दिरभित्र रहेको कालो पत्थरको शिवलिङ्गलाई भक्तजनहरुले पूजाआजा गर्छन् । एक फिटभन्दा पनि कम आकारमा भेटिएको उक्त शिवलिङ्गको लम्बाइ अहिले चार फिटभन्दा बढी पुगेको स्थानीय विजयकुमार साहले जानकारी दिनुभयो ।

१५ औँ शताब्दीमा सप्तरीमा चन्द्रकेतु नामका राजा थिए । यिनै राजाले जिल्लाको उत्तरपूर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउँदेखि करिब पाँच किलोमिटर उत्तर चुरे पर्वतमाथि उनकी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका जनविश्वास छ । उक्त मन्दिरको भग्नावशेष अहिले पनि देख्न सकिन्छ ।

यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ । कसैलाई चर्मरोग भएको अवस्थामा त्यहाँ भाकल गरेपछि चर्मरोग आफै हराएर जान्छ भन्ने जनविश्वास रहेको छ । चर्मरोग वा कोठी भएको अवस्थामा श्रद्धापूर्वक भाकल गरेपछि कोठी स्वतः हराएर जाने गरिन्छ भन्ने विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार