मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्राविधिक परीक्षण नहुँदा ४० लाख सिनोभ्याक खोप प्रयोगमा आएन

खोपको म्याद समाप्त हुने अवधि करिब १० महिना बाँकी हुँदै ४० लाख सिनोभ्याक खोप खेर जाने खतरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ४० लाख सिनोभ्याक खोप प्रयोगमै आएको छैन ।

महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवदेन २०७९ अनुसार सो खोप खपत गर्न स्वास्थ्य मन्त्रालय चुकेको हो । उक्त खोपको प्राविधिक परीक्षण नभएकाले प्रयोग आउन सकेको छैन । खोपको म्याद समाप्त हुने अवधि करिब १० महिना बाँकी छ ।

नेपाल सरकारले ०७७ पुस २० गते खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने मार्गदिशा स्वीकृत गरेको थियो । नेपालले दातृनिकाय कोभ्याक्स सुविधा, अन्य अनुदान र नेपाल सरकारबाट खरिद गरेको समेतगरी भित्रिएको ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत खरिद गरेको छ ।

यस्तै, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत खोप प्राप्त गरेको छ । ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका छन् । प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसिल, १६ प्रतिशत कोभिसिल्ड र अन्य ५० प्रतिशत छ ।

भारतको एक कम्पनीबाट कोभिसिल्ड १० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसिल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौताअनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८०० डोज समेत २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरिद गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया