असार २५, २०८२ बुधबार July 9, 2025

थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन ।

नयाँ संक्रमित सबै कपिलवस्तुका हुन् । यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० का १८, १९, २० (दुईजना), २४, ३०, ३१ र ३४ (दुईजना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । एकजना संक्रमितको उमेर खुलेको छैन ।

सोमबार संक्रमण पुष्टि भएका सबै १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २८ जनामा कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २७, बाँकेमा २४ तथा कपिलवस्तुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार