मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

आज एकैदिन १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

सक्रिय सङ्क्रमितको संख्या ३९७ पुग्यो, आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारणबाट दुई जनाको  ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना सङ्क्रमणको कारणबाट ज्यान गएको जनाएको छ ।

साथै आज  मङ्गलवार १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  छ ।  २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा सङ्क्रमण देखिएको हो ।

कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना  रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया