मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देशभर २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि

६६ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् ।

संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया