मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

युरोपा लिगः म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल चरणबाटै बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल चरणबाट बिहीबार बाहिरिएको छ । सेभियाले क्वाटरफाइनल दोस्रो लेगमा उसलाई ३–० ले हरायो । यससँगै सेभियाले समग्रमा ५–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

सेमिफाइनल पुग्ने अरू टिममा रोमा, युभेन्ट्स र बायर लेभरकुजन रहेका छन् । रोमाले फायनउडलाई ४–१ ले पराजित गर्दै समग्रमा ४–२ को अग्रता लियो ।

यस्तै, युभेन्ट्सले स्पोर्टिङलाई १–१ को बराबरीमा रोक्दै २–१ ले अगाडि रह्यो । लेभरकुजनलले भने युनियन सेन्ट गिलोसलाई ४–१ ले हराएर ५–२ को अग्रता लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया