मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जुम्लाको चन्दननाथमा भएको आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

निःशुल्क आखाँ जाँच शिविर सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आज र भोलि सञ्चालन गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जुम्लाको चन्दननाथ आँखा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

तीन दिनसम्म चलेको निःशुल्क शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको आँखा अस्पताल जुम्लाले जानकारी दिएको छ । शिविरका आठ सय २३ जनाको आँखा जाँच भएको एकीकृत आँखा, कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले जानकारी दिएकी छिन ।

नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविर गरेको हो ।

यस्तै निःशुल्क आखाँ जाँच शिविर सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आज र भोलि सञ्चालन गरिँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया