मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसीसी प्रिमियर कपमाआज नेपाल र साउदी अरेवियाबीच खेल हुँदै

मुलपानी क्रिकेट मैदानमा  नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एसीसी  प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदैछ। मुलपानी क्रिकेट मैदानमा  नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।

यस अघिका दुई खेल जितेको नेपाल आज साउदीलाई हराएर एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ ।

साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ।

नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएको छ । सन् २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिट कपमा  नेपाल  ९ विकेटले विजयी भएको थियो ।

यो प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ।यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया