मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौः पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १ हजार ८१० जनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ र १०४४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ११३ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा ७२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या शून्य रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया