मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसिसी प्रिमियर कप : बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा

युएईले बहराइनलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः एसिसी प्रिमियर कप क्रिकेटमा युएई सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार समूह ‘बी’ अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा युएईले बहराइनलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। जित्नै पर्ने दबाबमा रहेको युएईले १ सय ३४ बल बाँकी हुँदै बहराइनले दिएको सामान्य लक्ष्य पूरा गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनल ४०.५ ओभरमा अलआउट हुँदै १ सय १६ रन मात्र बनाउन सकेको थियो। बहराइनका लागि कप्तान हइदर बट र अली दावदले समान २३–२३ रन बनाएँदा इम्रान अन्वारले १४ रन बनाएका थिए।

त्यस्तै वासिद अहमेदले १२ रन जोडेका थिए। त्यसअघि ओपनर महुम्मद युनिसले १६ रन बनाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया