वीरगञ्ज । नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना पर्साकै छिपहरमाई गाउँपालिकाका हुन् भने बाँकी २५ जना वीरगञ्ज महानगरापालिकाका हुन्।
पर्साको छिपहरमाई गाउँपालिकामा थपिएका १४ जना नयाँ संक्रमित गत वैशाख १३ गते बाग्लुङबाट पर्सा आएको खुलेको छ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार उनीहरु ४३ जनाको समूहमा वैशाख १३ गते बस चढेर बाग्लुङबाट पर्साको छिपहरमाई गाउँपालिका आएका हुन्।
उनीहरु कामको शिलशिलामा बाग्लुङ पुगेको सचिव घिमिरेले बताएका छन।
छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले उनीहरु बाग्लुङबाट आएपछि ४३ जनालाई नै क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन।
साहका अनुसार उनीहरुलाई गाउँपालिकाकै भिस्वामा रहेको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया