काठमाडौंः एसीसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गरिरहेको हो। जारी खेलमा नेपालले ९ रनमै २ विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। नेपालका दुवै विकेट कतारका गयान मुनवीराले लिएका छन्। नेपालले अहिले १२ ओभरमा २ विकेट क्षेतिमा ५४ रन बनाएर खेलिरहेको छ।
कतार र नेपालबीचको खेलले सेमिफाइनल पुग्ने समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकसहित समूह विजेता बन्नेछ। खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा नै फाइनल प्रवेशका लागि खेल्नेछ। तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया