मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

बार्सिलोना रायो भालेकानोसँग ४–१ को अन्तरले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ । म्याड्रिडमा बुधवार राती भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २–१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ ।

बुधबार राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेकाे थियो । भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० काे अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु प¥यो ।

यस सिजन ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया