मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

५ जनामा थप संक्रमण देखियोः संक्रमितको संख्या २५० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै‌ः नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार ५ जना नयाँ संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महाेत्तरीमा नयाँ संक्रमित थपिएका छन् ।

यसअघी मात्रै बिहान  थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका व्यक्तिको संख्या ६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया