कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गोठाटारमा गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः असहाय गाईबाच्छा संरक्षण हेतु गौरक्ष महायज्ञ हुने भएको छ । असहाय गाईबाच्छा संरक्षण हेतु यही वैशाख २२ गतेदेखि २९ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको हो ।

यो ज्ञानमहायज्ञ वाचक प्रवीण पण्डित दीनबन्धु पोखरेलको वाचनमा हुने अभियानका अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराउनुभयो । ‘राज्यले गाईलाई राष्ट्रिय जनावर भने पनि संरक्षण गर्न सकेको छैन । साना-साना गाईबच्छाको रोदन देखेर यो काम हामीले गर्न लागेका हौँ,’ पुडासैनीले भन्नुभयो ।

अध्यक्ष पुडासैनीले भन्नुभयो, ‘वर्तमान अवस्थामा असहाय गाईबाच्छाको व्यवस्थापनका सन्दर्भमा सर्वत्र समस्याका रुपमा देखिएको छ । सरकारी नीतिको अभाव अनि किसानहरूमा देखिएको नैतिकताको खडेरीका कारण समस्या आएको हो ।’ गाईबाच्छा संरक्षण अभियानकर्ताहरूले लामो समयदेखि बाटोमा अलपत्र छाडिएका गाईबाच्छाहरूको संरक्षण गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार