मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसिसी कप: यूएई ३३.१ ओभरमै अलआउट, नेपाललाई ११८ रनको लक्ष्य

अब नेपालले केही समयपछि ब्याटिङ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसिसी प्रिमियर कपको फाइनलमा यूएई ३३.१ ओभरमै अलआउट भएको छ । यूएईका जुनैद सिद्दिकी ललित राजनबंशीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले हिजो २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो ।

नेपालका लागि ललितले ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा र सोमपाल कामीले समान १/१ विकेट लिए । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । अब नेपालले केही समयपछि ब्याटिङ गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया