मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ९१ जनामा कोरोना पुष्टि, ५९ संक्रमित निको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कोरोना बाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ५९ संक्रमित निको भएका छन् ।

पीसीआर र एन्टीजेन विधिबाट गरिएको २ हजार ५३२ नमुना परीक्षणका क्रममा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या २२० पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया