वैशाख १६, २०८१ आइतबार April 28, 2024

गठबन्धनले स्थायी सरकार दिन्छ, पाँचै वर्ष टिक्छ  : श्रममन्त्री, शरतसिंह भण्डारी (अन्तवार्ता)

डेलिभरीमा जोड दिएर सुशासन र समृद्धिको आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेट तयार पार्दै छौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले अहिलेसम्म पूर्णता पाउन सकेन, किन ?

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र प्रतिनिधिसभाको उपनिर्वाचन पनि यही अवधिमा भयो । प्रक्रियागत काममै केही बढी समय खर्च भयो । अब सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।

गठबन्धन दलका शीर्ष नेताहरूबाटै असन्तुष्टि आएको छ नि ?

गठबन्धनमा सानातिना असन्तुष्टि आइ नै रहन्छन् । हामी सावधानीपूर्वक अगाडि बढेका छौँ । प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुभएको छ । यो गठबन्धनले स्थायी सरकार दिन्छ । पाँचै वर्ष टिक्छ ।

सरकार अहिले के–कस्ता काममा अल्झिरहेको छ ?

हामी नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा छौँ । डेलिभरीमा जोड दिएर सुशासन र समृद्धिको आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेट तयार पार्दै छौँ । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार गम्भीर भएर लागेको छ । सरकारप्रति जनताले जुन आशा र अपेक्षा गरेका छन्, त्यसलाई चुनौतीका रूपमा लिएर खरो उत्रिँदै छौँ ।

जनताले अनुभूत गर्ने हिसाबले काम गर्नुपर्छ । त्यसमा सरकार अत्यन्तै गम्भीर र चिन्तनशील छ । नेपाली जनताको अपेक्षा र आकांक्षा बढेर गएको छ । यो ठूलो चुनौती हो । सबैसँग सहकार्य गरेर राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा उठेका विषयलाई सम्बोधन गर्ने गरी प्राथमिकता निर्धारण गरेर नीति तथा कार्यक्रम ल्याउँदै छौँ । मुख्य कुरा, डेलिभरी, सुशासन र समृद्धि नै हो । त्यसैमा केन्द्रित भएर यो गठबन्धन अगाडि बढेको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया