श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रकम हिनामिना गरेको आरोपमा जनप्रशासन क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

प्रोफेसरले कपि जाँचे बापतको पारिश्रमिक रकम हिनामिना गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः किर्तिपुरको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

क्याम्पसमा आर्थिक अनियमितता भएको, स्ववियु फण्डको दुरुपयोग गरेको, विद्यार्थीको धरौटी र छात्रवृत्ति बापतको रकम हिनामिना गरेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी नेपाल, अखिल क्रान्तिकारी, अनेरास्ववियू र  नेपाल विद्यार्थी संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

प्रोफेसरले कपि जाँचे बापतको पारिश्रमिक रकम हिनामिना गरेको आरोप समेत विद्यार्थीहरूले लगाएका छन् ।

आर्थिक अनियमितता तथा सार्वजनिक अधिकारको चरम दुरुपयोग सम्बन्धमा क्याम्पस प्रमुख र लेखा शाखाको कर्मचारी संलग्नता रहेको उनीहरूको आरोप छ ।

विद्यार्थीहरूले २० वैशाखमा विज्ञप्ति जारी गर्दै ५ बुँदे माग अघि सारेका थिए । उनीहरूले यस्तो कार्यमा संलग्न सम्पूर्ण दोषीहरूलाई छानबिन समिति बनाई निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका थिए । तर, दुई दिनको अल्टिमेटम दिँदा समेत विद्यार्थी संगठनको संयुक्त मागप्रति क्याम्पस प्रमुख र प्रशासनको कुनै प्रतिक्रिया नआएपछि तालाबन्दी गर्नुपरेको स्वतन्त्र विद्यार्थी नेपालका अध्यक्ष नितेश बस्नेतले जानकारी दिए ।

शान्तपूर्ण तवरबाट समस्याको समाधान नखोजेको भन्दै असक्षम क्याम्पस प्रमुख र प्रशासनको गैरजिम्मेवारीपनका विरुद्ध क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको उनको भनाई छ ।

jj

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार